आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Nov 15th, 2019

मोरङ, २९ कात्तिक
उर्लाबारी नगरपालिका-२ सिमसार बेतनी सामुदायिक उपभोक्ता समितिको जग्गामा सोही नगरपालिका बस्ने ३८ वर्षीय हङ राई समेत १० जनाको बाँस, टाटी, फुस्को छानो भएको टहरामा बिहीबार बिहान आगलागी हुँदा टहरा तथा टहराभित्र रहेको भाडावर्तन समेत जलेर करिब १ लाख ४७ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सन्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।