• गृहपृष्ठ
  • किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

Nov 15th, 2019

बारा, २९ कात्तिक

किर्ते मुद्दाका फरार प्रतिवादी कोल्हवी नगरपालिका-१ बस्ने अमेरिका चौधरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाराको २०६९ बैशाख २५ गतेको फैसलाले किर्ते मुद्दामा १ वर्ष कैद र ५० रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय कोल्हवी बाराबाट खटिएको प्रहरीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

चौधरीलाई जिल्ला अदालत बारामा प्रस्तुत गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि करागार कार्यालय वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।