• गृहपृष्ठ
  • इङ्ल्यान्ड युरोकपमा छनोट:केनको ह्याट्रिक

इङ्ल्यान्ड युरोकपमा छनोट:केनको ह्याट्रिक

Nov 15th, 2019

काठमाडौं, २९ कात्तिक

इंग्ल्यान्ड युरो कप फुटबल २०२० को लागि छनोट भएको छ । बिहीबार राति भएको खेलमा मोन्टेनेग्रोलाई ७-० गोलको फराकिलो अन्तरले पराजित गर्दै इङ्ल्याण्ड युरोकप-२०२० मा छनौट भएको हो । इङ्ल्यान्डले खेलको ११औं मिनेटमा चेम्वरलिनको गोलबाट अग्रता लिएको थियो ।

समूह ‘ए’ मा रहेको इङ्ल्यान्ड एक खेल अगावै युरो कपमा छानिएको हो । । इङ्ल्यान्डको जीतमा कप्तान ह्यारी केनले ह्याट्रिक गरे । उनले खेलको १८, २४ र ३७ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका हुन्। त्यस्तै, मार्कुस राष्फोर्डले खेलको ३०औं मिनेटमा गोल गर्दा इंग्ल्यान्ड पहिलो हाफमा नै ५-० गोलको अग्रतामा पुगेको थियो ।

खेलको ६६औं मिनेटमा मोन्टेनेग्रोका खेलाडीले आत्मघाती गोल गरेपछि अग्रतालाई ६-० मा पुर्‍याएको इंग्ल्यान्डले खेलको ८४औं मिनेटमा गोल गरेपछि खेल ७-० ले जितेको हो ।

जितसँगै समूहको शीर्ष स्थानमा रहेको इङ्ल्यान्डले सात खेलबाट १८ अङ्क बनाएको छ । तीन अंक बनाएको मोन्टेनग्रोको अन्तिममा छ ।