• गृहपृष्ठ
  • नेप्सेमा सूचिकृत ९७ कम्पनीले सार्वजनिक गरे लाभांस, हटेन लगानीकर्ताको निराशापन

नेप्सेमा सूचिकृत ९७ कम्पनीले सार्वजनिक गरे लाभांस, हटेन लगानीकर्ताको निराशापन

Nov 15th, 2019

काठमाडौं, २९ कात्तिक
नेपाल स्टक एक्सचेन्जमा सूचिकृत २ सय ४५ मध्ये ९७ वटा कम्पनीले आकर्षक लाभांस घोषणा गरेका छन् । तर सेयबजारका लगानीकर्ताको निराशामा भने कुनै परिवर्तन आएको छैन ।

हिमालय डिस्टीलरीले आफ्ना लगानीकर्तालाई १ सय २ प्रतिशत लाभांस दिने घोषणा गरेको छ । वैशाखमा प्रतिकित्ता २ हजार ५९ रुपैयाँमा खरिदबिक्री भएको यसको अन्तिम सेयर मूल्य बिहिबार १७ सय ९९ रुपैयाँ कायम भएको छ । कम्पनीले उच्च लाभांस दिदा पनि बजारमा भने त्यसको कुनै प्रभाव परेको छैन ।

हिमालयन बैंकले विहिबार लगानीकर्तालाई २२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । तर लाभांशको प्रस्तावले लगानीकर्तालाई भने छोएको छैन । लाभांस घोषणा गर्दाकै दिनमा यसको सेयर मूल्य मूल्य एक प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

विभिन्न कम्पनीहरुले भटाभट बोनस तथा नगद लाभासं बितरण गर्दैगर्दा सेयर बजारमा भने त्यसको प्रभाव नदेखिदा अब आगामी दिनमा सेयर बजारको भविष्य के होला भन्ने डर पैदा भएको छ ।

गत वर्ष यो सिजनमा बजारमा केहि सुधार भएको भएपनि यो बेला भने करेक्सन् आउने संभावना देखिएको छैन । अहिलेसम्म सार्वजनिक भएका लाभांसलाई हेर्ने हो भने १५ प्रतिशतभन्दा बढीनै लाभांश घोषणा भएका छन् ।

यही सरकारले नै सेयर धितोमा प्रवाह हुने कर्जाको सीमा ५० प्रतिशतबाट ६५ प्रतिशत पु¥याउनुका साथै बैंकले प्राथमिक पुँजीको ४० प्रतिशतसम्म सेयरमा लगानी गर्न पाउने व्यवस्था गरेको थियो । साथै ब्रोकरले कर्जा दिने अर्थात मार्जिन लेन्डिङ पनि कार्यान्वयनमा ल्याइएको छ । तर लगानीकर्ताको निराशा भने अहिले सम्म परिवर्तन हुन सकेको छैन ।