• गृहपृष्ठ
  • लुम्बिनी विकास बैंकद्वारा सिद्ध माध्यामिक विद्यालयलाई आर्थिक सहयोग

लुम्बिनी विकास बैंकद्वारा सिद्ध माध्यामिक विद्यालयलाई आर्थिक सहयोग

Nov 14th, 2019

काठमाडौं, २८ कात्तिक 
लुम्बिनी विकास बैंकले सिद्ध माध्यामिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत पोखरा महानगरपालिक–१५,रामबजारस्थित श्री सिद्ध माध्यामिक विद्यालयलाई शैक्षिक सामग्री खरीदका लागि बैंकका संचालक सुशिल राजपराजुलीले विद्यालय व्यवस्थापन समितिलाइ बिहिबार ६० हजार  रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । 

उक्त कार्यक्रममा पराजुलीले लुम्बिनी विकास बैंकले जीवन उपयोगी शिक्षाको ज्योती फैलाउदै समग्र देशको समुन्नतीको लागि योग्य जनशक्तिको आधार तयार गर्दै आएका यस किसिमका विद्यालयहरुलाई विभिन्न किसीमले सक्दो सहयोग गर्दै जाने बताए । 

निरन्तर सहयात्रा भन्ने नाराका साथ देशभरका ६५ शाखाहरु र १४ वटा एटिएमबाट आफ्ना ग्राहकहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधि सहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ ।