• गृहपृष्ठ
  • बस र टेम्पो ठोक्किँदा भारतमा सातको मृत्यु, बाह्र घाइते

बस र टेम्पो ठोक्किँदा भारतमा सातको मृत्यु, बाह्र घाइते

Nov 14th, 2019

सिकार, भारत,२८ कात्तिक (रासस/एएनआई)
 भारतको राजस्थान राज्यमा बुधबार राती भएको दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ ।   

यात्रुबाहक बस र टेम्पो एकआपसमा ठोक्किँदा भएको सो दुर्घटनामा परी अरु बाह्र घाइते भएका छन् । राजस्थान राज्य अन्तर्गत पर्ने खातुश्याम्जी भन्ने ठाउँमा दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

“घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ,” स्थानीय प्रहरी प्रमुख दिनेश कुमारले संचारकर्मीहरुसँग भन्नुभयो ।