• गृहपृष्ठ
  • झिनो अंकले बढ्यो नेप्से, हेर्नुस् कस्तो रह्यो आजको सेयर कारोबार

झिनो अंकले बढ्यो नेप्से, हेर्नुस् कस्तो रह्यो आजको सेयर कारोबार

Nov 14th, 2019

काठमाडौं, २८ कार्तिक
पछिल्लो समय नेपालको सयर बजारमा  उतार चढाव आउने क्रम जारी छ । सातादेखि नै खासै सन्तोसजनक नरहेको सेयर कारोबार बिहीबार पनि निराशाजनक रह्यो ।  बिहीबार नेप्से मापन गर्ने परिसूचक ०.७९ अंकले बढेर ११३५.९५ बिन्दुमा रोकिएको छ । आज १६३ कम्पनीको ८ लाख ३३ हजार ८८१ क्रित्ता सेयर २२ करोड ८३ लाख ५७ हजार ४९३ रुपैयाँको सेयर किनबेच भएको छ ।

आजको नेप्से परिसूचक झिनो अंकले उकालो लागेको हो । बिहीबारको कारोबारमा साल्ट ट्रेडिङ कर्पोरेशन, पाँचथर पावर कम्पनी, गुडविल फाइनान्स, राधी विद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने ग्लोबल आईएमई समुन्नत स्किम–१, आँखुखोला जलविद्युत कम्पनी, रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

आज जम्मा १२ वटा समूहको कारोबार भयो । जसमा मा बैंकिङ १.३८, निर्जीबन बीमा कम्पनी ८.७६, जीवन बीमा कम्पनीको उपसूचक १३.५९ अंकले बढेको छ । सेयर कारोबार रकम हेर्दा एनएमबी बैंक अग्रस्थानमा देखिन्छ ।  सो बैंकको ४ करोड २९ लाख ६८ हजार ३७ रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र हिमालयन डिस्टीलरी रहेका छन् ।