• गृहपृष्ठ
  • निजामती र्कमचारीको अनिवार्य अवकाशको उमेरहद बढाइयो, यस्तो छ कारण

निजामती र्कमचारीको अनिवार्य अवकाशको उमेरहद बढाइयो, यस्तो छ कारण

Nov 14th, 2019

काठमाडौं २८ कार्तिक
लामो सयमको प्रयासपछि निजामती कर्मचारीको अनिवार्य  अवकाशका लागि उमेरहद बढ्ने भएको छ । हाल कर्मचारीको उमेर बढाइएको छ । हाल कर्मचारीले ५८ वर्ष उमेर पुगेपछि अनिवार्य अवकाश पाउने गरेका छन् । अब भने अनिवार्य अवकाशको उमेर हद दुई वर्ष बढाएर ६० वर्ष पुर्याइएको छ । 

बिहीबार सिंहदरवारमा बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हद बढाउने विषयमा सहमती जुटाएको हो । यतिबेला राज्य व्यवस्था समितिमा  संघीय निजामती सेवा विधेयकमाथि दफावार छलफल चलिरहेको छ । छलफलमा भाग लिएका सांसदहरुले कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष राख्नमा सहमती जनाएका हुन् । 

यस सहमति अनुसार २०२१ सालपछि जन्म भएका सबै कर्मचारीले ६० वर्ष पछि अनिवार्य अवकाश पाउनेछन् । तर एक सांसदले भने यसमा विमती जनाउदै अवकासको उमेर ६५ वर्ष राख्न प्रस्ताव गरेको थिए । बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सो प्रस्ताव राखेका हुन् । 

लोक सेवा आयोगको सुझाव 
लोक सेवा आयोगले सरकारलाई सबै कर्मचारीहरुको अवकाशको उमेर हद ६० वर्ष कायम गर्न सुझाव दिएको थियो । आयोगले नेपालीको औसत आयु बढेकाले तथा छिटो अवकाश हुँदा पेन्सनको भार बढ्ने भएकाले यस्तो सुभलव दिएको थियो । यसैगरी आयोगले  महिलाहरुको सेवा अवधि नपुग्ने भएकाले र सार्क देशमा भएजस्तै व्यवस्था बनाउन यो सुभलाव दिएको हो । नेपालका सबै कर्मचारीहरुको उमेर हद ६० वर्ष राख्न सुझाव दिनुमा लोक सेवा आयोगले सार्क देशहरुमा भएको व्यवस्थालाई पनि आधार मानेको थियो ।

सार्कका देशहरुमध्ये बंगलादेशका कर्मचारीहरुको मात्रै अनिवार्य अवकाशको उमेर हद ५९ वर्ष छ । अरु सबै देशमा ६० वर्ष तोकिएको छ । छिमेकी मुलुक चीनले पनि कर्मचारीहरुको उमेर हद ६० वर्ष तोकेको छ । नेपालमा पनि निजामती सेवा मातहत ल्याइएको स्वास्थ्य सेवाका कर्मचारीहरुको उमेर हद पनि ६० वर्ष छ । संसद सेवाका कर्मचारीहरुको उमेर हद पनि ६० वर्ष नै छ । यसैगरी न्यायाधीशहरुले भने ६५ वर्ष पुगेपछि मात्र अवकास पाउँछन् ।