• गृहपृष्ठ
  • फेवातालमा बङ्गलादेशका राष्ट्रपति हमिदको जलविहार (फोटो फिचर)

फेवातालमा बङ्गलादेशका राष्ट्रपति हमिदको जलविहार (फोटो फिचर)

Nov 14th, 2019

पोखरा, २८ कात्तिक (रासस)

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको भ्रमणको क्रममा फेवातालमा आफ्नी धर्मपत्नीका साथ जलविहार गर्नुभएको छ । फेवातालको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

राष्ट्रपति हमिदको फेवातालमा जलविहार सम्पन्न भएपछि उहाँको सम्मानमा फिस्टेल होटलमा दिवाभोजको आयोजना गरिएको छ । उक्त दिवाभोजमा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारीलगायतको सहभागिता रहनेछ ।
     
त्यसपछि, राष्ट्रपति हमिद रुपाकोट पुगेर पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्ने कार्यक्रम रहेको छ । 

तस्वीरः प्रदीपराज वन्त/रासस