• गृहपृष्ठ
  • प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

Nov 14th, 2019

काठमाडौं, कात्तिक २८
काठमाडौं महानगरपालिका १४ ताहाचलस्थित श्रमकार्यालयमा डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने रुकुम घर भएका ३३ वर्षीय टोप बहादुर बिष्ट लाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त कार्यालयमा खटिएको प्रहरीलाई श्रम स्वीकृति गरीदिनको लागि बिष्ट ले उक्त नगद दिन खोजे पछि उक्त नगद सहित उनलाई प्रहरीले पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद २ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं बनस्थली बस्नेमकवानपुर हेटौंडा उपमहानगरपालिका १४ घर भएका ३२ वर्षीय रविन्द्र थपलियालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले बा.४६ प ९५१० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक थपलियाले मादक पदार्थ सेवन गरी सवारी चलाएको फेला पारी कारवाही गर्न खोज्दा उनले प्रहरीलाई उक्त नगद दिन खोजे पछि उक्त नगद सहित उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।