• गृहपृष्ठ
  • मन्दिरको चन्दा बाकस र घण्टी चोरी गर्ने पक्राउ

मन्दिरको चन्दा बाकस र घण्टी चोरी गर्ने पक्राउ

Nov 14th, 2019

भक्तपुर, कात्तिक २८

मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीस्थित गणेश मन्दिरको चन्दा बाकस र घण्टी चोरी गर्दै गरेको अवस्थामाललितपुर टिकाथली बस्नेसिन्धुली घर भएका सागर बहादुरकार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 कार्कीले उक्त मन्दिरको बाकस र घण्टी  चोरी गर्दै गरेको अवस्थामा स्थानियवासीले फेला पारी प्रहरीलाई खबर गरे पश्चात महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।