• गृहपृष्ठ
  • चन्द समूहका विद्यार्थी नेताद्वारा आत्मसमर्पण

चन्द समूहका विद्यार्थी नेताद्वारा आत्मसमर्पण

Nov 13th, 2019

सर्लाही, २७ कात्तिक (रासस)

नेत्रविक्रम चन्द समूहका एक विद्यार्थी नेताले बुधबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आत्मसमर्पण गरेका छन् । पार्टीको नीति राम्रो नभएको भन्दै ईश्वरपुर नगरपालिका–५ नरेशखोरका २२ वर्षीय राजीव महतोले आत्मसमर्पण गरेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो । 

आत्मसमर्पण गर्न जिल्ला प्रशासन कार्यालय पुगेका महतोले पार्टीको क्रियाकलाप चित्तबुझ्दो नभएपछि समूह परित्याग गरेको बताउनुभयो । एक वर्षदेखि चन्द समूहको विद्यार्थी सङ्गठनको जिल्ला सदस्य भएर काम गरेको महतोले बताउनुभयो । “पार्टीको क्रियाकलापप्रति चित्त नबुझेकाले आत्मसमर्पण गरेका छौँ, चन्द समूह परित्याग गरे पनि तत्कालै कुनै पार्टीमा प्रवेश गर्दैनौँ”, महतोले भन्नुभयो । आत्मसर्पण गरेका महतोसँग आवश्यक कानूनी प्रक्रिया पु¥याई छोडिएको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो ।