• गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

Nov 13th, 2019

काठमाडौं, कात्तिक २७
रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिका १ डण्डाबाट कार्तिक २६ गते एपीएफ टोलीले करिव एक लाख १४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको किराना सामान तथा लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाएको छ । 

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले कार्तिक २६ गते करिव एक लाख नौ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले रौतहट जिल्लाको गौर नगरपालिका ५ बाट बरामद गरेको हो । बरामद सामान गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ ।