• गृहपृष्ठ
  • ज्योति विकास बैंक र युनाइटेड रेमिटबीच सम्झौता

ज्योति विकास बैंक र युनाइटेड रेमिटबीच सम्झौता

Nov 13th, 2019

काठमाडौं, २७ कात्तिक
ज्योति विकास बैंकले रेमिट सेवा अझ सहज र विस्तारित गर्ने क्रममा युनाइटेड रेमिटसगं रेमिट सेवाको लागि सम्झौता गरेको छ। । बुधबार कात्तिक २७ गते ज्योति विकास बैंक र युनाइटेड रेमिटबीच उक्त सहकार्य सम्झौता भएको छ । 

सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा युनाइटेड रेमिटको तर्फबाट युनाइटेड रेमिटका सहायक महाप्रबन्धक प्रविन अधिकारीले हस्ताक्षर गरेका हुन् । प्रतिष्ठित चौधरी ग्रुपद्वारा प्रवर्धित युनाइटेड रेमिटले साउदि अरबजस्ता मुलुकहरुबाट गुणस्तरिय रेमिट सेवा प्रदान गर्दै आएको छ।

यस सम्झौता पश्चात युनाइटेड रेमिटको रेमिट सेवा ज्योति विकास बैंकको जुनै पनि शाखा कार्यालयबाट लिन सकिनेछ। ज्योति विकास बैंकको मुलुकभर रहेका १०२ वटा शाखाबाट युनाइटेड रेमिटको देश( विदेशबाट हुने रेमिट सेवा उपलब्ध हुने बैंकले जनाएको छ । 

हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको जनाएको छ । साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत ATM मार्फत सेवा प्रदान वर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट ३० अर्ब रुपैयाँभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई २६ अर्ब रुपैयाँभन्दा बढि लगानी गर्न सफल भएको जनाएको छ ।