• गृहपृष्ठ
  • अरेबियन सूक-काठमाडौं मरिएट होटलद्वारा विशिष्ट मिडल इस्ट डाइनिंग अनुभव

अरेबियन सूक-काठमाडौं मरिएट होटलद्वारा विशिष्ट मिडल इस्ट डाइनिंग अनुभव

Nov 13th, 2019

काठमाडौं, २७ कात्तिक 
नेपालको राजधानीमा अवस्थीत काठमाडौं मरिएट होटलले एक हप्तासम्म “अरेबियन सूक” आयोजना गरिरहेको छ जहाँ मानिसहरुले सबै अरबियन भोजनको अनुभव लिन सक्नेछन् । मिडल इस्टको मुखबाट पानी रसाउने खानादेखि लिएर लोभ्याउने हुक्काको स्वादहरुको साथमा होटलले प्रसिद्ध बेली डान्सरको उत्साहजनक प्रस्तुती पनि पेश गरिरहेको होटलले जनाएको छ ।

यो इभेन्ट अतिथि शेफ मिना अयूब र काठमाडौं मेरिएट होटलको कार्यकारी शेफ सञ्जीव रञ्जनको सृजना हो जसले अतिथिहरुलाई मिडल इस्टका विभिन्न शहरहरुको अनुभव प्रदान गर्ने पर्फेक्ट मेन्यू पेश गरिरहेका छन् । अतिथिहरुले लाइभ किचनको अनुभव गर्नुका साथै शेफहरुसँग कुराकानी गर्ने अवसर पाउनेछन् ।

होटलका अनुसार यो इभेन्ट नोभेम्बर १६ तारिकसम्म काठमाडौं मेरिएट होटलको ठमेल किचनमा ६ः३० बजेदेखि राति १०ः३० बजेसम्म अतिथिहरुका लागि खुल्ला रहेको छ । अतिथिहरुलाई पहिले नै रिजर्भेसन गर्न होटलले अनुरोध गरेको छ ।