• गृहपृष्ठ
  • एनएमबी बैंकद्वारा ‘पूर्व स्वीकृत आवास कर्जा’ सुविधा आरम्भ

एनएमबी बैंकद्वारा ‘पूर्व स्वीकृत आवास कर्जा’ सुविधा आरम्भ

Nov 13th, 2019

काठमाडौं, २७ कात्तिक 
एनएमबी बैंकले ‘एनएमबी पूर्व-स्वीकृति आवास कर्जा’ (एनएमबी प्रि-अप्रुभ्ड होम लोन) सुविधा आरम्भ गरेको छ । अब आवास कर्जा प्राप्त गर्न इच्छुक ग्राहकहरूले आफूले किन्न लागेको सम्पत्ति छान्नुपूर्व नै आफ्नोे ऋणको सीमा स्वीकृति प्राप्त गर्नसक्ने छन् । आवश्यक ऋणको सीमा स्वीकृति व्यक्तिको भुक्तानी क्षमतामा आधारित हुनेछ, जुन खरिद गर्न लागिएको धितोको पूर्व-मूल्यांकन नगरिकनै कामय गरिनेछ ।

‘यो कर्जा सुविधाले ग्राहकहरूको कर्जा प्राप्त गर्न योग्य हुँदाहुँदै पनि कर्जा सीमा सम्बन्धमा अनुभव गर्दै आउनु भएको अन्योल मेटाउने छ तथा उहाँहरूको आयको आधारमा घरघडेरी अधिकतम उपयुक्त विकल्प प्राप्त गर्नका लागि सहजीकरण गर्नेछ । यो नवीतम सुविधाले सम्पत्ति खरिद गर्दा सही सूचनायुक्त निर्णय लिन मद्दत गर्नेमा विश्वस्त रहेकाे बैंकले जनाएकाे छ ।

हाल एनएमबी बैंकको देशभरि १६३ शाखाहरू, १२८ एटीएम र ५ एक्सटेन्सन काउन्टरहरूको सञ्जाल रहेको छ ।