• गृहपृष्ठ
  • रिया मनि ट्रान्स्सफर युके मार्फत नेपाल पैसा पठाउदा शेरचनले जिते दुई गुणाबढी रकम

रिया मनि ट्रान्स्सफर युके मार्फत नेपाल पैसा पठाउदा शेरचनले जिते दुई गुणाबढी रकम

Nov 13th, 2019

काठमाडौं, २७ कात्तिक 
सेवाग्राही इन्द्रराज शेरचन दसैँमाआइएमईको डबलको डबलको डबल अफर अन्तर्गत सातौँ हप्ताको विजेता घोषित भएका छन् । शेरचन सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत विजेता घोषित भएको कम्पनीले जनाएको छ । सेवाग्राहीले युकेबाट अफर अवधिमा आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए ।

उनले युके स्थित रिया मनि ट्रान्स्सफर  मार्फत रु ५०,१३७ नेपालमा पैसा पठाएका थिए र जसको दुई गुणा हुन आउने रकम १ लाख २ सय ७४ रुपैयाँ जितेका छन् । पुरस्कार राशी सेवाग्राही शेरचनको सिफारिसमा उनका आफन्त चेलीमाया गौचनले ग्रहण गरेकी हुुन । आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । उक्त अफर २०७६ साल भदौ १५ गतेदेखि कार्तिक मसान्त (तद्नुसार सेप्टेम्बर १ देखि नोभेम्बर १६, २०१९) कूल ७७ दिनसम्म कायम रहनेछ । 

अफर अनुसार हरेक दिन आइएमई पे मार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ ।