• गृहपृष्ठ
  • अब निजामती कर्मचारीकाे सरुवा चक्रिय प्रणलीमा हुने, यस्तो छ व्यवस्था

अब निजामती कर्मचारीकाे सरुवा चक्रिय प्रणलीमा हुने, यस्तो छ व्यवस्था

Nov 13th, 2019

काठमाडौं, २७ कात्तिक
अब निजामती कर्मचारीको सरुवा चक्रीय प्रणालीमा हुने भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले निजामती कर्मचारीको सरुवा चक्रिय प्रणलीमा गराउने विषयमा सहमति जुटाएको हो । बुधबार समितिमा छलफल गरिएको निजामती कर्मचारी विधेयकमा पूर्वानुमान योग्य हुने गरी कर्मचारीको सरुवाको चक्रीय प्रणालीमा गर्ने निष्कर्ष निकालिएको हो । 

यो सहभती भएपछि अव निजामती कर्मचारीलाई सरुवा गर्दा अनिवार्य रुपमा चक्रीय प्रणाली अवलम्बन गरिनेछ । यसरी सरुवा गर्दा निजामती कर्मचारीलाई सबै भौगोलिक क्षेत्रको अनुभव दिलाउने र पूर्वानुमान योग्य हुने गरी तोकिए बमोजिमको आधार र प्राथमिकता बमोजिम पारदर्शी रुपमा गरिनेछ । 

समितिले सहमति जुटाएको विधेयकको दफा २२  सो विषय उल्लेख गरिएको छ । अब कर्मचारीले आफ्नो सरुवा कहाँ हुँदैछ भन्ने जानकारी समेत पाउने गरी चक्रीय प्रणालीमा सरुवा गर्ने व्यवस्था विधेययकमा गर्न लागिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । 

हालसम्म नेपालको कर्मचारी प्रशासनमा रुवामा चक्रीय प्रणाली लागू भएको छैन । यस प्रणली लागू भएपछि स्थानीय तहहरुको आधारमा नेपालको भूगोललाई चार वर्गमा विभाजन गरी कर्मचारीलाई चक्रीय रुपमा सरुवा गरिने छ । सरुवा गर्दा  स्थानीय तहहहरुलाई क, ख, ग र घ वर्गमा विभाजन गरिनेछ ।