• गृहपृष्ठ
  • बम विष्फोट गराउने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ

बम विष्फोट गराउने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ

Nov 13th, 2019

सुनसरी, कात्तिक २७
धरान उपमहानगरपालिका-१८ स्थित दिल्ली पब्लिक स्कुलको गेटमा गत भदौ २० गते भएको बम बिष्फोट गराउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा दुहबी नगरपालिका-८ बस्ने ३१ वर्षीय मोहन बस्नेत, धरान उपमहानगरपालिका ११ बस्ने भोजपुर ट्याम्के मैयुम गाउँपालिका-२ का ३५ वर्षीय सागर राई र धरान उपमहानगरपालिका ११ बस्ने ३९ वर्षीय क्षितिज भन्ने सुरेश कुमार राई रहेकाछन् ।  

सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमती आदेश समेत प्राप्त भएका उनीहरुलाई खोजी गर्ने क्रममा ईहटरी नगरपालिका ८ बाट प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।