सुनको भाउ बढ्यो, हेर्नुस कति पुग्यो ?

Nov 13th, 2019

काठमाडौं, २७ कात्तिक
मंगलबार स्थीर रहेको सुनको मूल्य बुधबार बढेको छ । मंगलबार तोलामा ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा  २ सय रुपैयाँले बढेर ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तेजावी सुन तोलामा ७१ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । 

यस्तै चाँदी पनि मंगलबारको तुलनामा केही बढेको छ । बुधवार चाँदी ५ रुपैयाँले बढेर तोलाको ८ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।