• गृहपृष्ठ
  • बङ्लादेशमा रेल र्दुघटना : १५ जनाको मृत्यु, ५८ घाइते

बङ्लादेशमा रेल र्दुघटना : १५ जनाको मृत्यु, ५८ घाइते

Nov 13th, 2019

ढाका, २७ कात्तिक (रासस/एएफपी)

बङ्लादेशमा दुई ओटा रेल एक आपसमा जुध्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अरु ५८ जना घाइते भएका छन् । देशको पूर्वीक्षेत्रका मङ्गलबार विहान घटना भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् । “दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ, अरु ५८ भन्दा बढी घाइते भएका छन्,” स्थानीय प्रहरी प्रमुख अनिसुर रहमदलेसँग भन्नुभयो । उहाँले घाइतेहरुलाई उपचारका लागि फरक फरक अस्पतालमा लगिएको एएफपीलाई जानकारी दिनुभयो ।

घटनास्थललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको रेलमार्ग अधिकरीले जानकारी दिएका छन् । “अहिलेसम्म उद्धार तथा उपचारमा केन्द्रीत भएका छौँ,” अनुसन्धानको प्रक्रिया पनि सुरु भइसकेको छ, ती अधिकारीले भने । बङ्लादेशमा रेल दुर्घटना बेला बेलामा भइरहने गरेको छ भने वर्षेनी कैयौँको दुर्घटना हुनेगरेको छ ।