• गृहपृष्ठ
  • एनसेलले ल्यायो ‘अल नेटवर्क भ्वाइस प्याक’

एनसेलले ल्यायो ‘अल नेटवर्क भ्वाइस प्याक’

Nov 13th, 2019

काठमाडौं, २७ कात्तिक 
एनसेल प्राईभेट लिमिटेडले ‘अल नेटवर्क भ्वाइस प्याक’अफर संचालनमा ल्याएको छ । यस अन्तर्गत ग्राकहले कर बाहेक प्रतिमिनेट १ रुपैयाँको दरमा देश भित्रको सम्पुर्ण नेटवर्कमा कल गर्न सक्छन् । यो अफर बाहेक विद्यमान शुल्क अनुसार एनसेलका ग्राहकले अन्य सेवाप्रदायकको नेटवर्कमा कल गर्दा कर बाहेक प्रतिमिनेट १.९९ रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।  

यो अल नेट भ्वाइस प्याक मंगलबार (कार्तिक २६) देखि संचालनमा आएको छ । यस प्याक अन्तर्गत ग्राकहले २० मिनेटको अल नेटवर्क टक टाइम (देशका अन्यकुनै पनि टेलिकम सेवाप्रदायकको नेटवर्कमा कल गर्न मिल्ने) कर बाहेक २० रुपैयाँ (कर सहित २५.५४ रुपैयाँ) मा लिन सक्छन् । कम्पनीका अनुसार यसरी देश भित्रको अन्य नेटवर्कमा सुलभ दरमा कल गर्न सकिने अफर ल्याईएको यो पहिलो पटक हो र यो प्याक सुचारु गर्न चाहने एनसेलका ग्राहकले एष्ट्रिक्स १७११८ एष्ट्रिक्स७ ह्यास डायल गर्न सक्छन् । प्याक सुचारु गरेपछि २४ घण्टाका लागि मान्य हुनेछ । 

यो प्याकले ग्राकहलाई थप मुल्य प्रदान गर्ने र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरुसँग सुलभ दरमा सम्पर्कमा रहि रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । यो अफर माघ २६ गते सम्म संचालनमा रहने कम्पनीले जनाएको छ ।