• गृहपृष्ठ
  • डा. गोविन्द केसीद्धारा अनशन स्थगित, भारतीय प्रधानमन्त्रीलाई खुला पत्र लेख्दै नेपाली भुमी फिर्ता गर्न आग्रह

डा. गोविन्द केसीद्धारा अनशन स्थगित, भारतीय प्रधानमन्त्रीलाई खुला पत्र लेख्दै नेपाली भुमी फिर्ता गर्न आग्रह

Nov 13th, 2019

काठमाडौँ, २७ कात्तिक 
चिकित्सा शिक्षामा व्यापक सुधारको माग गर्दै विगत नौ दिनदेखि अनशनरत डा. गोविन्द केसीले तत्काललाई अनशन स्थगित गरेकाछन् । डा. केसीले भारतीय पक्षले सिमा मिचेर पुरा देश नै मिचिएको भुमी फिर्ता गर्न लागेकोले तत्काललाई आफ्नो अनशन स्थगित गरेका हुन् ।

राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उनीहको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको केसीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । डा. केसीले सरकारले चिकित्सा शिक्षा सुधारका माग पुरा नगरेको खण्डमा पुनः सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका छन् ।

उनले नेपालको पश्चिमी सिमा मिचिएको विषयमा राजनीतिक शक्तिहरुबीच अभूतपूर्व तदारुकता देखिएको भन्दै उक्त तदारुकता  देखावटी मात्र नभई कुटनीतिक माध्यमबाट मिचिएको भुमि फिर्ता गर्नमा केन्द्रित हुनुपर्ने बताए चिकित्सा शिक्षा क्षेत्रमा भएको १० अर्ब ठगीका अभियुक्त लगायतलाई न्यायको कठघरामा ल्याउने जिम्मेवारीबाट सरकार कसै गरे पनि तर्कन नसक्ने भन्दै त्यस्ता व्यक्तिलाई कारबाही गर्न माग गरे । स्वास्थ्य र चिकित्सा शिक्षा सुधार तथा सुशासनका लडाइँ जारी रहने भन्दै  सरकारले माग पुरा नगरेको खण्डमा पुनः सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम ल्याउने  बताए ।

भारतीय प्रधानमन्त्री मोदीलाई पत्र
यसैबीच चिकित्सा क्षेत्रका अभियन्ता डा.केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुलापत्र लेख्दै हाल देखिएको सीमा समस्यालाई सरकारका विभिन्न स्तरमा हुने कुटनीतिक छलफलबाट समाधान गरी परस्पर विश्वास र मैत्रीको वातावरण कायम गर्न आग्रह गरेकोछन् । उनले जुनसुकै देश र राष्ट्रियताका मानिस भए पनि उनीहरुको पीडा एकै किसिमको हुने भन्दै मानवीय सेवा गर्दा मिल्ने सन्तुष्टि पनि एउटै हुन्छ भन्ने महसुस हुनुपर्ने बताए ।

डा. केसीले  यस्ता कयौं साझा समस्यासित भारत र नेपाल मात्रै नभई सबै दक्षिण एसियाली देशहरु मिलेर लड्नुपर्ने धेरै विषय रहेको भन्दै अपेक्षित गतिमा अर्थतन्त्र बिस्तार नहुँदा जीविकाको समस्या त झन् सबैभन्दा जटिल बनिरहेको बताए ।

हजारौं माइल टाढा मरुभुमिमा जोखिमपूर्ण काममा न्युनतम ज्याला लिएर काम गरिरहेका कामदारमध्ये धेरै भारतीय र नेपाली रहेको भन्दै भारत,नेपाल, बंगलादेश, श्रीलंका, भुटान देशका तल्लो स्तरका जनता एकछाक टार्न पनि गाहे भइरहेको उनको तर्क छ ।