• गृहपृष्ठ
  • बङ्गलादेशका राष्ट्र्रपतिबाट भक्तपुर भ्रमण

बङ्गलादेशका राष्ट्र्रपतिबाट भक्तपुर भ्रमण

Nov 12th, 2019

भक्तपुर, २६ कात्तिक (रासस)

नेपालको औपचारिक सद्भावना भ्रमणमा आउनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज अपराह्न भक्तपुर दरबार स्क्वायरको भ्रमण गर्नुभएको छ ।

यहाँ आइपुग्नुहुँदा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रपतिको टोलीलाई स्वागत गर्नुभएको थियो । राष्ट्रपतिले भक्तपुर दरबार स्क्वायरका मन्दिर तथा कलाकृतिको सूक्ष्म अवलोकन गर्नुभयो । राष्ट्रपति हमिद आजै अपराह्न चारदिने भ्रमणका लागि काठमाडौँ आइपुग्नुभएको हो ।