• गृहपृष्ठ
  • युनाईटेड इन्स्योरेन्स कम्पनीको २५ औं वार्षिक साधारण सभा सम्पन्न

युनाईटेड इन्स्योरेन्स कम्पनीको २५ औं वार्षिक साधारण सभा सम्पन्न

Nov 12th, 2019

काठमाडौं, २६ कात्तिक 
युनाईटेड इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले मंगलबार काठमाडौंको बबरमहलस्थित कार्की बैंकेटमा २५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । वार्षिक साधारण सभा कम्पनीका संचालक समिति अध्यक्ष भरत बहादुर कार्कीको अध्यक्षतामा बसी सामान्य प्रस्तावहरु र विशेष प्रस्ताहरुमा छलफल गरि पारित गरेको छ ।

त्यसैगरि संचालक समिति सदस्यहरुको बैठक भत्ता सम्बन्धि प्रस्ताव साधारण सभाको बहुमतले पारित भएको घोषणा संचालक समिति अध्यक्ष एवं सभाका सभाध्यक्षबाट घोषणा गरे । प्र्रस्तावहरुमा आ.व. २०७४/०७५ वार्षिक प्रतिवेदन, सोहि आ.व.को नाफा नोक्सान तथा नगद प्रवाहको विवरण लगायत वित्तिय विवरणहरु पारित गर्दै आगामी आ.व. २०७५/०७६ को लागि लेखा परिक्षकमा  मदन निरौला एण्ड कम्पनीलाई नियुक्त गरिएको सर्वसम्मतरुपमा बैठकबाट पारित गरेको छ ।

त्यसैगरि विशेष प्रस्तावको रुपमा पेश भएको संचालक समितिको संरचनामा सात जना संचालक सदस्यहरु रहने गरि कम्पनीको विनियमावलीमा संसोधन गर्ने प्रस्तावर कम्पनीले भविष्यमा कुनै निर्जिवन बीमा कम्पनीहरुसंग एक आपसमा गाग्ने/गाभिने चलअचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नको लागि मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्न निजको पारिश्रमिक तोक्न लगायत मर्जर सम्बन्धि अन्य आवश्यक प्रकृया पुरा गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको छ ।