• गृहपृष्ठ
  • मंगलबारको सेयर बजार खस्क्यो, हिमालयन ड्रिस्टिलरी भने उकासिंदै

मंगलबारको सेयर बजार खस्क्यो, हिमालयन ड्रिस्टिलरी भने उकासिंदै

Nov 12th, 2019

काठमाडौं,२६ कार्तिक 
सोमबार सुधारिएको सेयर बजार मंगलबार भने खस्केको छ । संगलबार  सेयर बजारमा ५. ६१ अंकको गिरावट आएको छ । सोमबार सेयर कारोबारमा दोहोरो अंकले सुधार आएको थियो । आजको सेयर बजारमा १ यस ६१ कम्पनीको १० लाख ८२ हजार ८ यस १५ कित्ता सेयर  किनबेच भएको छ । सो परिमाणको सेयर किनबेचको  मूल्य ३७ करोड ९८ लाख ४९ हजार ४३५ रुपैया रहेको छ । 

मंगलबार ११ समूहको कारोबार भएको थियो । उक्त कारोबारमा  उत्पादन तथा प्रशोधन समूहको उपसूचक ९.१८ अंकले बढेको छ । यसैगरी  कारेबार भएका अरु समूहको उपसूचकमा गिरावट आएको छ । जसमध्ये बैंकिङ ५.३१, डेभलपमेन्ट बैंक १३.१८, निर्जीवन बीमा कम्पनी ५५.८९, माइक्रोफाइनान्स १०.९९, जीवन बीमा समूहको उपसूचक ५.२५ अंकले गिरावट आएको छ ।

आज कारोबार  भएको रकमको आधारमा हेर्दा हिमालयन ड्रिस्टिलरी अग्रस्थानमा देखिन्छ । हिमालयनको ६ करोड ९७ लाख ४० हजार ३५८ रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः एनएमबी बैंक र चिलिमे हाईड्रोपावर कम्पनी रहेका छन् ।