कति छ आज सुनचाँदीको मूल्य ?

Nov 12th, 2019

काठमाडौं, २६ कात्तिक
नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघलेका अनुसार मंगलबारको कारोबार अघिल्लो दिनकै भाउमा भएको छ । सोमबार सुन प्रतितोला ७१ हजार २ सय रुपैयामा कारोबार भएको थियो । आइतबार सुन ११ सय रुपैयाले बढेर कारोबार भएको थियो भने सोमबार प्रतितोला २ यस रुपैयाले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार पनि तेजावी सुनको भाउ ७० हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ । यसैगरी  चाँदी सोमबार र मंगलबार पनि प्रति तोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचांदी व्यवसायी महासंघले जनाएको छ ।