• गृहपृष्ठ
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

Nov 12th, 2019

काठमाडौं, २६ कात्तिक

काभ्रे र सिरहाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । 

काभ्रे, नमोबुद्ध नगरपालिका २ बेलास्थित बिपि राजमार्गमा बनेपाबाट भकुण्डेबेशीतर्फ जाँदै गरेको बा.४ ख ३३१९ नम्बरको बस सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका बसमा सवार नमोबुद्ध नगरपालिका ६ बस्ने ६५ वर्षीय रामकृष्ण कार्कीको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका बसका चालक समेत २४ जनामध्ये १४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने ५ जनालाई नर्भिक अस्पताल थापाथली काठमाडौं, १ जनालाई बीर अस्पताल ट्रमा सेन्टर काठमाडौं र ४ जनालाई बिएण्डबी अस्पताल ललितपुरमा थप उपचारको लागि रिफर गरिएको छ ।

सिरहा, कर्जन्हा नगरपालिका ४ बस्तीपुर चोकमा ज.८ प ४९७१ नम्बरको मोटरसाइकल र ज.९ प ५५८४ नम्बरको मोटरसाइकल सोमबार साँझ एक-आपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका ज.८ प ४९७१ नम्बरका मोटरसाइकलमा सवार धनुषा, धनुषाधाम नगरपालिका ७ बस्ने २८ वर्षीय अनिता देबी कापडको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ज.८ प ४९७१ नम्बरका मोटरसाइकल चालक मृतकका श्रीमान रामभगत कापडको फुलकुमारी महतो अस्पताल कर्जन्हामा उपचार भइरहेको छ । फरार ज.८ प ४९७१ नम्बरको मोटरसाइकलका चालकको प्रहरीले खोजी गरिरहेको छ । 

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।