कटुवा पेस्तोल सहित पक्राउ

Nov 12th, 2019

मोरङ, कात्तिक २६
बिराटनगर महानगरपालिका १५ स्थितबाट कटुवा पेस्तोल १ थान सहित सोही महानगरपलिका ५ बस्ने २५ वर्षीय बिल नरसिंह भन्ने दिपक गुरुङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पैदल हिड्दै गरेका गुरुङलाई शंका लागि जाँच गर्दा उनको साथबाट उक्त हतियार फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।