डलर साट्ने भनि १० लाख ठगी गरी फरार

Nov 12th, 2019

काठमाडौं, कात्तिक २६

काठमाडौं कलंकी बस्ने सुर्खेत बीरेन्द्रनगर नगरपालिका ७ घर भएका ३६ वर्षीय बिसी थरका पुरुषलाई हाल वतन नखुलेको कमल तामाङ नाम गरेको व्यक्तिले डलर साट्ने भनि उनको साथबाट नगद १० लाख रुपैयाँ लिई सोमबार दिउँसो फरार भएका छन् । 

कागेश्व्री मनहरा नगरपालिका ५ थलीमा डलर साट्न भनि तामाङले पीडितलाई बोलाई डलर नदिई उनको साथमा रहेको उक्त नगद लिई फरार भएको बताइएको छ । फरार व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।