• गृहपृष्ठ
  • नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न

Nov 12th, 2019

काठमाडाैं, २६ कात्तिक 
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो आठौं वार्षिक साधारण सम्पन्न भएको छ । कम्पनीको सोमबार सम्पन्न भएको सभाले चुक्ता पूँजी २१.६ करोड रुपैयाँ रहेकोमा ३८ प्रतिसत बोनस शेयर वितरण गरी २९.८ करोड रुपैयाँ पुर्याउने निर्णय गरेको छ । साथै बोनस शेयर ट्याक्स प्रयोजनका निम्ती २ प्रतिसत नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको अधिकृत पूँजी पनि वृद्धि गरी ५० करोड पुर्याइने निर्णय गरेको छ । आ.व. २०७५/७६ मा कम्पनीले २३७,७३५,७८६ रुपैयाँ खुद नाफा गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले पूँजी वृद्धि गरी भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु ल्याउने तथा जोखिम व्यवस्थापना सुढृढ बनाउने योजना बनाएको छ । नेपाल राष्ट्र बैंकको नियमअनुसार नेपाल भित्र कार्य गर्ने भुक्तानी प्रणाली सन्चालक (पिएसओ) को चुक्ता पुँजी कम्तिमा १० करोड तथा नेपाल बाहिर कार्य गर्नका लागी २५ करोड रहनु पर्ने व्यवस्था रहेको छ ।

कम्पनीका अनुसार आ.व. २०७५/७६ मा एनसिएचएल ईसीसी मार्फत कुल ११,७५५,०७२ चेक राफसाफ भएको थियो भने अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (एनसिएचएल आईपिएस बाट ४,९३१,९५० तथा कनेक्ट आईपिएस ई पेमेन्ट प्रणालीमार्फत १८६,०४१ भुक्तानी कारोबारहरु भएको थियो । कम्पनीले आफ्नो भुक्तानी प्रणालीहरु मार्फत आ.व. २०७५/७६ मा कुल ९२ खर्ब बराबरको भुक्तानी कारोबारहरु राफसाफ गरेकोमा दैनिक औसत कारोवार ६७,४७९ रहेको थियो जुन औसत दैनिक रकम.३६.८५ अर्ब रुपैयाँ रहेको थियो । हाल ८० सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ५,००३ शाखाहरुबाट कम्पनीले आफ्ना सेवाहरु प्रदान गरिरहेको छ भने कम्पनीमा २२ गैर–बैंकिङ संस्थाहरु अप्रतक्ष्य र प्राविधिक सदस्यहरुकोरुपमा आवद्ध छन् ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड, नेपाल राष्ट्र बैंक (१० प्रतिसत), बैंक तथावित्तीय संस्थाहरु (८० प्रतिसत) र स्मार्ट च्वाइस टेक्नोलोजिज् प्रा.लि. (१० प्रतिसत) द्वारा प्रवद्र्धित कम्पनी हो । यसले नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना र विस्तार गर्नुका साथै विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, पिएसओ, पिएसपि, सरकारी तथा गैर सरकारी निकायहरुलाई भुक्तानी प्रणालीका सेवाहरु प्रदान गर्दै आएको छ ।