• गृहपृष्ठ
  • नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३१ औं वार्षिक साधारण सभा सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३१ औं वार्षिक साधारण सभा सम्पन्न

Nov 12th, 2019

काठमाडौं, २६ कात्तिक 
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले यही कात्तिक २४ गते कम्पनीका अध्यक्ष प्रेमा सिंहको सभापतित्वमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो । सभामा अध्यक्ष सिहले आर्थिक वर्ष २०७४ २०७५ मा कम्पनीले सन्तोषजनक प्रगति गरेको बताउँदै सो वर्ष कूल ६४४.७६ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन भएको र २ सय ५ करोड रुपैयाँ कूल दाबी भुक्तानी गरेको एवम् ४७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको बताईन् ।

यसै गरी आ.व.२०७४/०७५को अन्तसम्ममा कम्पनीको कुल लगानी २३.५४ प्रतिशतले बृद्धि भई २०९५ करोड रुपैयाँ पुगेको र कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २४.१६ प्रतिशतले बृद्धि भई २०७५ असार मसान्त सम्ममा २१ अर्ब ४७ करोड रुपैयाँ पुगेको जानकारी दिईन् । 

सभामा अध्यक्ष सिंहले कम्पनी पूँजीको हिसाबले समेत सवल भएको र चुक्ता पूँजी तीन अर्ब नाघेको जानकारी दिईन् । कम्पनीले आ.व.२०७४/०७५ को बीमाकीय मूल्याङ्कनमा राम्रो प्रगति गरी नाफा सहित जारी गरिएका सबै बीमालेखमा दुई विन्दुले वोनस दर बढाइएको र यसवाट व्यवसायमा सकारात्मक प्रभाव पार्ने विश्वास ब्यक्त गरिन् । कम्पनीले सूचना प्रविधिमा यथेष्ट लगानी गर्दै आएको, शाखा सन्जाल विस्तारमा विशेष ध्यान दिएको र विविध आकर्षक बीमालेखहरु प्रचलनमा ल्याउन प्रयास रहेको अध्यक्षले सभामा उल्लेख गरिन् ।

लगानी विविधिकरण गरी लामो अवधिको लगानी बृद्धि गरी कम्पनीको प्रतिफल बृद्धि गर्ने तर्फ कम्पनीको प्रयास केन्द्रित रहेको परिणाम स्वरुप कम्पनीको कोषको वार्षिक प्रतिफल दर उत्साहप्रद रुपले ९.५८ प्रतिशत पुगेको बताईन् । ब्यवसाय विस्तार संगै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वमा विशेष ध्यान दिएको र सोही अनुसार विपन्न वर्गका लागि बालिका शिक्षा योजना संचालनमा ल्याएको र सो को अतिरिक्त कम्पनीले निशुल्क वृहत स्वास्थ्य शिविर संचालनमा सहयोग पु¥याएको अवगत गराईन् । 

साधारण सभाले आ.व. २०७४/०७५ को लागि चुक्ता पूंजीको २.५ प्रतिशत वोनस शेयर जारी गर्ने र हाल कायम रहेको चुक्ता पूँजीमा १२ प्रतिशतका दरले नगद लाभांश प्रस्ताव पारित गर्ने, वोनस शेयर वापतको कर प्रयोजनको लागि ३९,५७,१५८.५९ रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गरेको छ ।