• गृहपृष्ठ
  • नेकपा केन्द्रीय निकायका साङ्गठानिक विभाग गठन, केन्द्रीय निर्वाचन आयोगको सचिवमा माधव पौडेल

नेकपा केन्द्रीय निकायका साङ्गठानिक विभाग गठन, केन्द्रीय निर्वाचन आयोगको सचिवमा माधव पौडेल

Nov 12th, 2019

काठमाडौं, २६ कात्तिक
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले केन्द्रीय निकायका साङ्गठानिक विभाग गठन गर्ने कार्यलाई पूर्णता दिएको छ । गठन गर्न बाँकी तीनवटा आयोग,  सल्लाहकार कमिटी र ज्येष्ठ कम्युनिष्ट मञ्चको अध्यक्ष र सचिव चयन गर्दै सो कार्यलाई पूर्णता दिइएको नेकपाले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृतकुमार बोहरा तथा सचिवमा अशोक रोकाय र केन्द्रीय लेखापरीक्षण आयोगको  अध्यक्षमा पुष्प कँडेल तथा सचिवमा टेकनाथ आचार्यलाई चयन गरेको छ । 

केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा  विष्णुपुकार श्रेष्ठ तथा सचिवमा माधव पौडेल, केन्द्रीय सल्लाहकार कमिटीको अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापालाई र ज्येष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाइँ र सचिवमा गोविन्द ज्ञवालीलाई चयन गरिएको पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठले जानकारी दिए ।