• गृहपृष्ठ
  • तनहूँको बन्दीपुरमा ग्लोबल आइएमई बैंकको १५० औं शाखा

तनहूँको बन्दीपुरमा ग्लोबल आइएमई बैंकको १५० औं शाखा

Nov 11th, 2019

काठमाडौ, कात्तिक २५

ग्लोबल आइएमई बैंकले सोमबार प्रदेश नं. ४को तनहूँ जिल्ला, बन्दीपुर गाँउपालिका वडा नं. २, बन्दीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बन्दीपुर शाखा सञ्चालन संगै बैंकको शाखा कार्यालयहरुको संख्या १५० पुगेको छ ।  बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । 
बैंकले १५० वटा शाखा, ३० वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटीएम तथा १९४ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत आफ्ना ११ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा बिना धितो  १५ लाख रुपैयाँ सम्मको प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ । साथै बैंकले अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।