• गृहपृष्ठ
  • पुर्व अध्यक्ष डा. रुप ज्योतिको पक्राउप्रति नाडाको गम्भिर ध्यानाकर्षण

पुर्व अध्यक्ष डा. रुप ज्योतिको पक्राउप्रति नाडाको गम्भिर ध्यानाकर्षण

Nov 11th, 2019

काठमाडौं, २५ कात्तिक
नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपालका पुर्व अध्यक्ष तथा ज्योति समुहका उपाध्यक्ष डा. रुप ज्योति तथा उहाँका पुत्री सुरुचीलाई आर्थिक लेनदेनको विषयलाई लिएर केही दिन अघि गरीएको गिरफ्तारीप्रति आफूहरुको गम्भिर ध्यानाकर्षण भएको एशोसिएशनले जनाएको छ । 

उद्योग व्यवसाय गर्ने सन्दर्भमा  गरिने सम्झौता एवं  आर्थिक कारोवारहरुमा उत्पन्न हुने विवादहरुको समाधान देवानी दायित्व अन्तर्गत साधिकार निकायबाट उपचार खोजी विवादको समाधान गर्ने बैकल्पीक मार्ग हुँदा हुँदै पनि गंभिर प्रकृतिको कसुरमा पक्राउ गरी म्याद थप गर्ने, थुनामा राख्ने लगायतका कार्यहरु हुँदा नेपालको समग्र निजी क्षेत्र हतोत्साहित भएको एशोसिएशन जनाएको छ । 

एशोसिएशनका अनुसार जाहेरीमा उल्लिखित व्यहोरा बमोजिम दुई पक्ष बीच लेनदेन कारोबार भएको र पहिले नै विवाद भई सम्मानित अदालतमा धरौटी रकम समेत राखि सकिएको अवस्थामा निजहरुलाई थुनेर अनुसन्धान गर्नु पर्ने अवस्था नदेखिएको र छिटो टुंगोमा पुग्न सकिने लेनदेनको विषयबस्तुमा समेत थुनछेक लम्व्याउने मनसाय देखिदा अहिले समग्र व्यावसायिक क्षेत्र सशंकित भएको अवस्था छ ।

यस सन्दर्भमा जे जस्तो अनुसन्धान गर्नुपर्ने हो छिटो सम्पन्नगरी सम्मानित अदालतमा पेस गरी न्यायका लागि मार्ग प्रशस्त गरि दिने व्यवस्थाका लागि गृह प्रशासन समक्ष एशोसिएशनले निवेदन गरेको छ ।