• गृहपृष्ठ
  • नेपाल बैंकद्वारा फुटशल प्रतियोगिता आयोजना

नेपाल बैंकद्वारा फुटशल प्रतियोगिता आयोजना

Nov 11th, 2019

काठमाडौं, २५ कात्तिक 
नेपाल बैंक लिमिटेडले ८३औं वार्षिकोत्सवका उपलक्षमा आन्तरिक फुटशल प्रतियोगिता आयोजना गरेको छ । उक्त प्रतियोगितामा पुरष तर्फ आईटि विभाग टिमले इष्टर्न टिमलाई शुन्यका विरुद्ध ३ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको थियो । 

सो खेलमा आई टि विभाग टिमका रन्जन बरालले ह्याट्रिक गरेका थिए । त्यस्तै महिलातर्फ प्रधान कार्यालय र काठमाडौ बैकिंग अफिसको संयुक्त टिमले प्रथम स्थान हासिल गरेको छ । उक्त फुटशल प्रतियोगिताको बैक संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले उद्घाटन गर्नुभएको थियो । आईटि विभागका प्रमुख किरण जंग कार्कीको संयोजनमा पुरष तर्फ ८ टिम र महिलातर्फ २ टिम गरि १० टिमको सहभागिता रहेको उक्त फुटशल प्रतियोगिताको समुद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीको उपस्थिति थियो ।