• गृहपृष्ठ
  • जान्नुहोस् दराज ११.११ को फाइदा कसरी उठाउने ?

जान्नुहोस् दराज ११.११ को फाइदा कसरी उठाउने ?

Nov 11th, 2019

काठमाडौं, २५ कात्तिक 
नेपालको बृहत अनलाईन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एक दिनको सेल) यहि कात्तिक२५ गते, नोभेम्बर ११ को मध्यरातमा आयोजना गर्ने कुरा आए लगत्तै देश भरि एसको चर्चा चलेको छ । यो एक दिनको सेलमादराजले भाउचरहरु, फ्लेश सेल, ३००० भन्दा बढि विक्रेता सँग मिली ३ लाख भन्दा बढिसामानहरुमा आकर्षक छुटहरु लगायत अन्य धेरै अफरहरु लिएर आउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उपभोक्ताहरुले दराजको ६ बैंकिङ्ग पार्टनरहरुको नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, मेगा बैंक, स्टयार्न्डड चार्टड बैंक, एनआईसी एशिया बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अनलाईन पेमेन्ट गर्दा थप २० प्रतिसत अथवा मेगा सेलमा ३ हजार ५ सय रुपैयाँसम्मको छुट पाउनेछन् । 

यसपाली उपभोक्ताहरुले टप ब्रान्डहरुमा राम्रा मेगा डिलहरुको अपेक्षा गर्न सक्नेछन् । जस्तो कि रेड्मी नोट७ प्रो, हुवाइ पी ३०, र वान प्लस ७ मा ठूलो छुट हुनेछन् भने आईफोन ११ प्रीअर्डर, र वान प्लस ७ टी प्रो को पनि लन्च हुनेछ । साथै सामसंग, मिडीआ, विडीयोकोन, होम्ग्लोरी जस्ता ठूला ब्रान्डहरुले फ्रिज, एसी, टीभी,वाशीङ मशीन, रुम ग्यास हिटर, आदीसामानहरुमा ठुलो छुट दिइने जनाइएको छ । यसको साथ साथै डेल, ब्ल्याक एंड डेकर, फिलिप्स, यासुदा, वलपूल, फ्यान्टेक, मन्त्र, कमिलिआन्त, आडिडास, सोनाम गियर्स, एजीवि, प्रख्या, टाइटन्, भ्यान्स, रंगोली, नाइकी, गोल्ड्स्टार, हिमालय, ज्युवास, र व्यंजन जस्ता ब्रान्डहरुले पनि छुट दिइने छ ।

ब्रान्ड पिच्छे छूट फरक फरक छन् तर उपभोक्ताहरुले ३० प्रतिसतदेखि लिएर ८० प्रतिसतसम्मको छुटको अपेक्षा गर्न सक्नेछन् । जस्तो कि टाइटनका उत्पादनहरुमा २५ प्रतिशतको छुट, मन्त्रनाइकी, गोल्ड्स्टार, र ज्युवासका उत्पादनहरुमा ३५ प्रतिशतको को छुट, भ्यान्सका उत्पादनहरुमा ५० प्रतिसतसम्मको छुट ; एडिडास र सोनाम गियर्सका उत्पादनहरुमा ७० प्रतिशतसम्मको छुट र अन्य अरु धेरै अफर रहेको कम्पनीले जनाएको छ ।

यो सेल २४ घण्टा को लागि मात्र हुने हुँदा उपभोक्ताहरुले यस को पूरा लाभ उठाउन दराज एप पहिलेनै डाउनलोड गनपर्ने र नोटिफिकेसन अन राख्नुपर्ने कम्पनीले जनाएको छ । साथै दराज नेपाल भरिका उपभोक्ता र बिक्रेतालाई मिलाउने अनलाइन बजार भएकोले यस बजार मा थुप्रै बिक्रेता हुने गर्दछन जसले गर्दा एउटै समान फरक फरक मूल्यमा पाउन सीकन्छ । उपभोक्ताहरुले बिक्रेता ले दिएको मूल्य, बिक्रेता को रेटिङ्ग, र अरु उपभोक्ताहरुले दिएको प्रतिक्रिया हेरि मात्र आफूलाई मनपर्ने सामान किन्नुपर्दछ । साथै उपभोक्ताहरुले ११.११ भन्दा पहिले नै विभिन्न बिक्रेताको पसल फलो गरेहुन्छ, भाउचर बटुले हुन्छ र आफूलाई मनपरेको सामान आफ्नो कार्टमा हाले हुन्छ । यसको माथि दराजमा डेबिट र क्रेडिट कार्ड बाट किन्दाछूट पाउने भएकोले कार्डको उपयोग गर्दा झन् फाइदा हुन्छ ।

कम्पनीका अनुसार यस सालको ११.११मेगा उपहारमा यामाहा रे जेड आर स्ट्रीट र्यालीस्कुटर रहेको छ । उक्त स्कुटर जित्ने मौका पाउन केवल दराज को ११.११ मा शपिंग गरे पुग्छ । लक्की ड्र्द्वारा एक विजेता घोषित हुनेछ । साथै यसपाली को ११.११ मा उपभोक्ताहरुले भाउचर तथा उपहारहरु जित्ने अवसर पाउन भनि सामाजिक संजाल मा प्रतियोगिता र रमाइला प्रत्यक्ष्य विडियोहरुका साथैइन–एप गेमहरु, शेकशेक, दराज साथी, एड टु कार्ट अफर लिएर आएको दराजले जनाएको छ ।