म्यानचेस्टर युनाइटेडको फराकिलो जित

Nov 11th, 2019

काठमाडौं, २५ कात्तिक  

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई पराजित गरेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा युनाइटेडले ब्राइटनलाई ३–१  गोलअन्तरले पराजित गरेको हो ।  युनाइटेडको जितमा एन्ड्रेयस, पेरेइरा, मार्कुस राष्फोर्डले गोल गरेका थिए ।अर्को एक गोल ब्राइटनबाट उपहार पाएको थियो । यता, ब्राइटनका लागि भने लेविस डन्कले गोल गरेका थिए ।

खेलको १७ औं मिनेटमा आन्द्रेयसले  एन्थोनी मार्सियलको पासमा गोल  गर्दै म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाए । खेलको १९ औं मिनेटमा डेवी प्रोपरले आत्मघाती गोल गरेपछि युनाइटेडले अग्रता दोब्बर बनायो । ६४ औं मिनेटमा लेविसले गोल गर्दै ब्राइटनलाई २–१ गोलको स्थितिमा ल्याए । तर खेलको ६६ औं मिनेटमा राष्फोर्डले गोल गरेपछि म्यानचेस्टर युनाइटेड ३–१ गोलअन्तरले विजयी भ्एको हो ।

जितसँगै युनाइटेड सातौं स्थानमा उक्लिएको छ । युनाइटेडले १२ खेलबाट १६ अंक बनाएको छ । ब्राइटन १५ अंकसहित ११औं स्थानमा छ  ।