लिभरपुलसँग म्यानचेस्टर स्तब्ध

Nov 11th, 2019

काठमाडौं , २५ कात्तिक

 इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली लिभरपुलले म्यानचेस्टर सिटीलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । ३–१ को जीतसँगै लिभरपुलले ३० वर्षपछि लिग उपाधि जित्ने आशालाई बलियो बनाएको हो ।

लिरभपुलको जितमा फाबिब्होले  छैटौँ मिनेटमा गोल टोलीलाई अग्रता दिलाएका थिए। खेलको १३ औं मिनेटमा मोहम्मद सालहले गोल गरे र लिभरपुलको अग्रता दोब्बर बनाए । त्यस्तै, खेलको ५१ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ३–० को अग्रतामा पुर्‍याए ।

 लिभरपुल विरूद्ध  खेलको ७८ औं मिनेटमा सिल्भाले गोल फर्काए पनि उक्त गोल सान्तवना गोलमात्र रह्यो ।

जितसँगै १२ खेलबाट लिभरपुलले ३४ अंक जोडेको छ भने चौथो स्थानमा रहेको म्यानचेस्टर सिटीको २५ अंक रहेको छ।