• गृहपृष्ठ
  • फलाम तथा स्टिल्समा उद्योग बढे तर उत्पादन घट्यो, सुस्ताउदो बजारको चपेटामा लगानीकर्ता

फलाम तथा स्टिल्समा उद्योग बढे तर उत्पादन घट्यो, सुस्ताउदो बजारको चपेटामा लगानीकर्ता

Nov 11th, 2019

काठमाडौं, २५ कात्तिक 
४ वर्ष यता फलाम तथा स्टिल्स उद्योगहरु प्रतिशतले बढेका छन् । तर उद्योगहरुको उत्पादन भने पछिल्लो समय घटेको छ । भूकम्पपछि पुननिर्माणका समयमा सत प्रतिशत क्षमतामा उत्पादन गरेका उद्योगहरुले अहिले आफ्नो क्षमताको जम्मा  ३४ प्रतिशत मात्रै उत्पादन गरेका छन् । २०७२ सालमा १५ वटा स्टिल तथा छड उद्योग थिए । तर अहिले यस्ता उद्योगहरुको संख्या २५ पुगेको छ । जसबाट ४ वर्षमा उत्पादन दोब्बर भएको छ । तर बजारमा माग नभएका कारण उनिहरुले आफ्नो उत्पादन नै खुम्चाएका छन् ।

नेपाल स्टिल्स रोलिङ मिल एसोसिएसनका अनुसार, अहिले सञ्चालनमा रहेका स्टिल तथा छड उद्योगहरुसँग वार्षिक ३० लाख टन छड उत्पादन गर्ने क्षमता छ । तर बजारमा भने जम्मा १० लाख टनको हाराहारीमा मात्रै माग छ ।बजारमा डन्डीको मूल्य घटाउनमा प्रतिस्पर्धा बढ्दै जाने र माग नबढ्दा  लगानीकर्ता भने तनावमा परेका छन् । बजारमा छडको माग घटेको र उत्पादन घटेको भन्सार विभागको तथ्यांकले पनि पुष्टि गर्छ । विभागका अनुसार यो आर्थिक वर्ष तीन महिनामा छडको कच्चा पदार्थ एमएस ब्लेड १० अर्ब रुपैयाँको आयात गरिएको छ । गत वर्ष भने भदौसम्ममा १९ अर्बको कच्चा पदार्थ आयात भएको थियो । यसरी हेर्दा कच्चा पदार्थको आयातमा पनि आधाले कम आएको देखिन्छ ।

कच्चा पदार्थको आयात घट्नुले यसको उत्पादन पनि घटेको प्रष्ट हुन्छ । किनकी यसको कच्चा पदार्थ नेपालमा उत्पादन हुँदैन । सबै विदेशबाट निर्यात गरेर यहाँ प्रशोधन गरेर छडको उत्पादन गर्ने गरिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिलेसम्म बैंकहरुले स्टिल तथा छड उद्योगमा १ खर्ब बराबरको लगानी गरेका छन् । गत वर्षको तुलनामा नै यो वर्षको भदौसम्ममा बैंकहरुले यो  क्षेत्रमा २८ प्रतिशतले लगानी बढाएका छन् । बजारमा माग नबढ्ने हो भने  बैंकहरुले  आक्रामक रुपमा यो क्षेत्रमा गरेको लगानी पनि जोखिममा पर्ने देखिन्छ ।

भूकम्प पछि छडको उच्च माग भएपछि छड उद्योगीहरुले २ सय प्रतिशतसम्म मूल्य बढाएर बेचे । जसका कारण यसमा ठूलो नाफा देखियो । तर अहिले बजारमा माग कम भएपछि मूल्यमा प्रतिस्पर्धा हुँदा उद्योगीले उत्पादन लागकतकै हाराहारीमा छड बेच्नु परेको छ। जसले गर्दा लगानीकर्ता सुस्ताउँदो बजारको चपेटामा परेको देखिन्छ । अहिले विकास निर्माणको काम पनि सुस्त भएको छ। सरकारले वबकास निर्माणका लागि छृुट्छाएको रकम ५ प्रतिशतको हाराहारीमा मात्रै खर्च गरेको छ । जसका कारण पनि बजारमा छडको माग बढ्न नसकेको हो ।