• गृहपृष्ठ
  • रुप ज्योति श्रेष्ठलाई हिरासतमा राख्न अनुमति

रुप ज्योति श्रेष्ठलाई हिरासतमा राख्न अनुमति

Nov 10th, 2019

काठमाडौँ, २४ कातिक (रासस)

काठमाडौँ जिल्ला अदालतले हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वअर्थ राज्यमन्त्री रुप ज्योति श्रेष्ठ र छोरी सुरुचि श्रेष्ठलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको छ । 

न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले आज सो आदेश दिएको हो । यसअघि अदालतले अनुसन्धानका लागि तीन दिन थुनामा राख्ने अनुमति दिएको थियो सो म्याद शनिबार सकिएपछि आज दोस्रो पटक म्याद थपका लागि अदालतमा लगिएको थियो । 

महानगरीय प्रहरी परिसरको टोलीले व्यवसायी श्रेष्ठको बाबुछोरीलाई बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । व्यक्तिका नाममा दिनुपर्ने जग्गा अर्कै कम्पनी खडा गरी कम्पनीकै नाममा गराएका र सो कम्पनी श्रेष्ठको श्रीमती र छोरीको नाममा रहेको पाइएको छ ।