• गृहपृष्ठ
  • राज्यमन्त्री प्रकाश रावलले दिएको राजीनामा स्वीकृत

राज्यमन्त्री प्रकाश रावलले दिएको राजीनामा स्वीकृत

Nov 10th, 2019

अत्तरिया, २४ कात्तिक (रासस)

सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले दिएको राजीनामा स्वीकृत गरिएको छ ।  मुख्यमन्त्री त्रिलोचन भट्टले उहाँले दिएको राजीनामा आइतबार नै स्वीकृत गरिसकेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले जानकारी दिनुभयो । 

रावलले आइतबार नै मुख्यमन्त्री भट्टलाई राज्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । उहाँले प्रयोग गर्दै आएको सरकारी गाडीको चाबीसमेत मुख्यमन्त्रीलाई बुझाएको जनाइएको छ । कञ्चनपुरको जनज्योती बहुमुखी क्याम्पसको शेयर बिक्रीमा संलग्नताको आरोप लागेपछि नैतिकताका आधारमा रावलले राजीनामा दिएको बताइएको छ ।