• गृहपृष्ठ
  • समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत अनुशिक्षण कार्यक्रम सम्पन्न

समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत अनुशिक्षण कार्यक्रम सम्पन्न

Nov 10th, 2019

काठमाडौं, २४ कात्तिक

समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत विपद जोखिम न्यूनीकरण सचेतनामूलक अनुशिक्षण कार्यक्रम बुढानिलकण्ठ नगरपालिका-१० स्थित जुगल कलेजमा आइतबार सम्पन्न भएको छ ।

अनुशिक्षणको क्रमममा उक्त कलेजका शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई स्थलगत अभ्यासद्धारा अग्निशामक यन्त्रको प्रयोग, विभिन्न विधिबाट ज्वलनशील तरल पदार्थमा हुने आगलागी, शरीरमा हुने आगलागी तथा एलपिजी ग्यासबाट हुने आगलागी नियन्त्रण सम्बन्धी प्रर्दशनी गरिएको थियो । साथै आगलागीबाट सुरक्षित हुने उपायबारे जानकारी दिनुको साथै अग्निशामक यन्त्र लगायतका सामाग्रीबाट आगो नियन्त्रण अभ्यास समेत गराइएको थियो ।

 महानगरीय प्रहरी प्रभाग कपनको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रहरी प्रधान कार्यालय विपद व्यवस्थापन महाशाखा सामाखुशीबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले उक्त अनुशिक्षण प्रदान गरेको हो ।