• गृहपृष्ठ
  • महालक्ष्मी विकास बैंकद्वारा पानी, जुसका साथै डस्टविन वितरण

महालक्ष्मी विकास बैंकद्वारा पानी, जुसका साथै डस्टविन वितरण

Nov 10th, 2019

काठमाडौं, २४ कात्तिक 
महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको सुकेधारा शाखाले शुक्रबार, हरिबोधनी एकादशीको अवसर पारेर बुढानिलकण्ठ मन्दिरमा दर्शन गर्न आउने श्रद्घालु भक्तजनहरुका लागि शुद्घ पिउने पानी र जुसका साथै बुढानिलकण्ठ मन्दिरलाई डस्ट विन वितरण गरेको बैंकले जानकारी दिएको छ । 

उक्त कार्यक्रममा बैंकले बिहान ७ बजे देखि अपराह्न ५ बजेसम्म दर्शनार्थीहरुलाई पानी तथा जुस वितरण गरेको थियो भने बुढानिलकण्ठ मन्दिरका मठाधिस स्वामी १००८ निगामानन्द महाराजलाई डस्टविन हस्तान्तरण गरेको थियो । आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता रहेको बैंकले जनाएको छ ।