• गृहपृष्ठ
  • महिला हिंसा अन्त्य गर्न सोचमा परिवर्तन जरुरी : मुख्यमन्त्री भट्ट

महिला हिंसा अन्त्य गर्न सोचमा परिवर्तन जरुरी : मुख्यमन्त्री भट्ट

Nov 10th, 2019

कैलाली, २४ कात्तिक (रासस)

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले महिला हिंसा अन्त्यका लागि  सोचमा परिवर्तन हुन जरुरी रहेको बताउनुभएको छ ।

लैङ्गिक हिंसा विरुद्वको वर्ष अभियानअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज धनगढीमा आयोजना गरेको ‘लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी भूमिका र प्र्रतिबद्धता’ विषयक प्रदेशस्तरीय अन्तक्र्रियामा मुख्यमन्त्री भट्टले व्यक्तिको सोच र व्यवहारमा परिवर्तन नआएसम्म महिला हिंसा अन्त्य नहुने उल्लेख गर्नुभयो । “मानसिकरुपमा परिवर्तन ल्याउन नसकेसम्म यस्ता कार्यक्रमको औचित्य हुँदैन्”, उहाँले भन्न्ुभयो । समाज रुपान्तरणका लागि तीन तहका सरकारका साझा एजेन्डा हुनु आवश्यक रहेको मुख्यमन्त्री भट्टको भनाइ थियो । नीतिगत रुपमा कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।