• गृहपृष्ठ
  • ओपोले क्वालकमद्वारा सञ्चारित डुअल/मोड ५जी स्मार्टफोन सार्वजनिक गर्ने

ओपोले क्वालकमद्वारा सञ्चारित डुअल/मोड ५जी स्मार्टफोन सार्वजनिक गर्ने

Nov 10th, 2019

काठमाडौं, २४ कात्तिक
ओपोले डुअल मोड फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने योजनाको घोषणा गरेको छ । ओपोका चिफ ५जी साइन्टिस्ट, हेनरी ट्याङले बार्सिलोनामा आयोजित क्वालकम ५जी समित २०१९ मा गरेको घोषणा अनुसार नयाँ उपकरण, क्वालकमको डुअल मोड फाइभजीबाट सञ्चारित हुनुका साथै यसले स्ट्याण्ड अलोन (एसए) र नन्/स्ट्याण्ड अलोन (एनएसए) नेटवर्क दुबै सपोर्ट गर्नेछ ।

फाइभ जी समितमा ओपोको प्रतिनिधित्वग र्दै विश्वकै अग्रणी प्राविधिक कम्पनीहरुका एक्जेक्यूटिभ्स र आर एण्डडी प्रिन्सिपल्सका सामु ट्याङले फाइभजीको हालको अवस्था र भविस्यका उत्पादन, उपयोगिता र अर्को पुस्ताको कनेक्टिभिटीद्वारा भविस्यमा प्राप्त हुने अदृतिय अनुभव र सम्भावनाका बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए  । निकट भविस्यमा नै फाइभ जी स्मार्टफोनको ब्यापक प्रयोग हुने आफ्नो विश्वास ब्यक्त गर्दै ट्याङले वैश्विकरुपमा आफ्ना उत्पादनको उपस्थिती र प्रतिस्पर्धात्मक फाइदाप्रति संकेत गरे ।