• गृहपृष्ठ
  • इबरको घरेलु मैदानमा रियल मड्रिडको चार गोल :स्पेनिस ला लिगा फुटबल

इबरको घरेलु मैदानमा रियल मड्रिडको चार गोल :स्पेनिस ला लिगा फुटबल

Nov 10th, 2019

काठमाडौँ, २४ कात्तिक 

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले इबरलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा मड्रिडले इबारलाई उसकै घरेलु  मैदानमा ४–० गोलअन्तरले पराजित गरेको हो । रियालको  जितमा बेन्जेमाले दुई तथा कप्तान सर्जियो रामोश र फेडरिको भालभेर्डेले एक–एक गोल गरे ।

खेलमा रियल मड्रिडले २९ मिनेटभित्र १२ मिनेटको अन्तरमा तीन गोल गरेको थियो । खेलको १७ औं मिनेटमा  भालभेर्डेको पासमा बेन्जेमाले गोल गर्दै रियाललाई अग्रता दिलायका थिए ।  २० औं मिनेटमा रामोसले गोल गर्दै रियललाई दोब्बर अग्रता बनाए । २९औँ मिनेटमा बेन्जिमाले अर्को गोल गर्दै रियललाई ३–० गोलको अग्रतामा पुर्‍याए । रियलका लागि चौथो गोल भाल्भेर्टीले खेलको ६१ औं मिनेटमा गरेका थिए ।

रियाल  जितसँगै दोस्रो स्थानमा रहेको १२ खेलबाट २५ अंक बनाएको छ ।१५ अंक बनाएको इबर १५ औँ नै स्थानमा छ ।