• गृहपृष्ठ
  • चेल्सीद्वारा क्रिष्टल प्यालेस पराजित :इंग्लिस प्रिमियर लिग

चेल्सीद्वारा क्रिष्टल प्यालेस पराजित :इंग्लिस प्रिमियर लिग

Nov 10th, 2019

काठमाडौँ, २४ कात्तिक 

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिष्टल प्यालेसलाई पराजित गरेको छ । शनिबार साँझ आफ्नै  घरेलु मैदानमा भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २–० गोलले पराजित गरेको हो  । चेल्सीलाई जित दिलाउन टमी अब्राहमले ५२ औं र क्रिस्टियन पुलिसिकले ७९औं मिनेटमा गोल गरेका थिए ।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको चेल्सीले दुवै गोल दोस्रो हाफमा गरेको हो । खेलको ५२ औं मिनेटमा अब्राहमको गोलबाट अग्रता लिएको चेल्सीले खेलको ७९ औं मिनेटमा पुलिसिकको गोलबाट २–० को जित निकालेको हो । जितसँगै चेल्सीले चार वर्षपछि प्रिमियर लिगमा पहिलो पटक ६ जित निकाल्न सफल भएको छ।

चेल्सी तेस्रो स्थानमा उक्लिएको छ । लिगमा हालसम्म १२ खेल खेलिसकेको चेल्सीले २६ अंक जोडेको छ।