• गृहपृष्ठ
  • बिक्री नभएपछि राष्ट्र बैंकले डेढ वर्षको बिचमा वैदेशिक रोजगार बचतपत्र जारी नै गरेन

बिक्री नभएपछि राष्ट्र बैंकले डेढ वर्षको बिचमा वैदेशिक रोजगार बचतपत्र जारी नै गरेन

Nov 10th, 2019

काठमाडौं, २४ कात्तिक
सरकारले ऋण उठाउनका लागि  वैदेशिक रोजगार बचतपत्र जारी गर्ने गर्छ । तर बिगत डेढ वर्ष देखि भने सरकारले यो औजारको प्रयोग गर्न नै छाडेको छ । आन्तरिक ऋण उठाउनका लागि जारी गरिने यो औजार असफल हुनुमा सरकारको प्रचारप्रसारको अभाव भएको विज्ञहरु बताउँछन् । विकास निर्माणका लागि आवश्यक पर्ने पुँजी यसबाट जुटाउने उद्देश्यले जारी भएको यो औजार अहिले प्रंभावहिन भएको छ। 

९ वर्षमा सरकारले ११ अर्ब ८ करोडको वैदेशिक रोजगार बचतपत्र जारी गर्याे । त्यसमध्ये अहिलेसम्म ५८ करोड मात्रै बिक्री भएको छ । जुन कुल रकमको जम्मा ५ प्रतिशत मात्रै हो । सुरुका तीन वर्षमा त यस्तो बचतपत्र १ प्रतिशत पनि बिक्री हुन सकेन । त्यसपछि राष्ट्र बैंक र सरकारले यसमा केहि प्रचारप्रसार पनि गर्याे । तर यसको नतिजा अहिलेसम्म पनि राम्रो  देखिएको छैन । सरकारले २०६७ सालदेखि  वैदेशिक रोजगार बचतपत्र जारी गर्न सुरु गरेको थियो ।

बचतपत्रको ब्याज १० प्रतिशतको हाराहारीमा हुने गरेको छ । यो ब्याजदर बैंकहरुको मुद्दति निक्षेपमा पाइने ब्याज भन्दा केहि बढि भएपनि सहकारीमा पाइने ब्याज भन्दा भने न्युन हो । जसका कारण पनि वैदेशिक  रोजगारीमा गएकाले यसमा लगानी नगरेका हुन् ।

विदेशमा गएका कामदारहरुले विभिन्न रेमिट्यान्स कम्पनीका एजेन्टमार्फत वैदेशिक रोजगार बचतपत्र खरिद गर्न सक्छन् । साथै विदेशमा रहेको नेपालीको परिवारले कामदारको पासपोर्टको प्रतिलिपि प्रयोग गरे नेपालबाटै पनि यो खरिद गर्न सकिन्छ । गत वर्षदेखि रेमिट्यान्सको बृद्धिदर पनि घट्दै गएको छ ।