• गृहपृष्ठ
  • समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उत्प्रेरणामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उत्प्रेरणामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न

Nov 9th, 2019

रुपन्देही, कात्तिक २३
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बुटवल उपमहानगरपालिका ९ सुख्खानगरस्थित अक्सर्फोड उच्च माध्यामिक विद्यालयमा उत्प्रेरणामूलक प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । ५ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक डा. गणेश रेग्मीले उक्त विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई लागूऔषध विरुद्ध तथा विभिन्न अपराध सम्बन्धमा सचेतनामूलक प्रशिक्षण प्रदान गर्नुभयो । प्रशिक्षण कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक डा. रेग्मीले विद्यार्थीहरुसँग समुदाय प्रहरी साझेदारी कार्यक्रमको उद्देश्य र समसामयिक विषयमा अन्तरक्रिया गर्नुका साथै विद्यार्थीहरुका जिज्ञासा समेत सम्बोधन गर्नुभएको थियो । 

उक्त विद्यालयका प्राचार्य दिनेश भुषालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक सुभाष कुमार गैरे र प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठले समेतले प्रशिक्षण प्रदान गर्नुभएको थियो । भविष्यका निधि युवा विद्यार्थीहरुलाई सुन्दर भविष्य निर्माणमा उत्रेउपरणा प्राप्त हुनेगरी प्रशिक्षण प्रदान गरिएको हो । कार्यक्रमले प्रहरी र नागरिक बिचको सम्बन्धमा अझ निकटता ल्याउने, अपराध रोकथाम तथा अनुसन्धानमा शिक्षक तथा विद्यार्थीहरुले सहयोग गर्ने र सामाजिक विकृतिहरुको निराकरणको लागि सबैको सहकार्य हुने छ । यस्ता कार्यक्रमले सकारात्मक धारणाको विकास भई अपराध नियन्त्रणमा समेत सघाउ पुग्ने उक्त विद्यालयका शिक्षक तथा विद्यार्थीहरुबाट पृष्ठपोषण प्राप्त हुन आएको उक्त तालिम केन्द्रले जनाएको छ ।